टुटा एब्सोलुटा पृष्ठमा जानुस>>

   
एकीकृत शत्रु जीव व्यवस्थापन (Integrated Pest Management)
Integrated Pest Management English Page>>

USAID अन्तर्गत, आई.पी.एम.आई.एल. कार्यक्रमको सहयोगमा आई.डी.ई. नेपाल ले नेपालका प्रमुख तरकारी बालीहरुकालागि आई.पी.एम. प्रविधि एबं प्याकेजहरू विकास गरेको छ। यी प्रबिधि एवं प्याकेज विकासका लागि आई.डी.ई. नेपालले नेपाल सरकार र विशेष गरी नेपाल कृषि अनुसन्धान परिषद (NARC), कृषि विभाग, बाली संरक्षण निर्देशनालय (PPD) संग समन्वय गरेको हो । यस बाहेक आई.पी.एम.आई.एल. ले NARC संग समन्वय गरी विशेष कार्यक्रमहरु जस्तै : भाइरस (Virus) जन्य रोगहरुको पहिचान, रोग तथा किरा नियन्त्रणका लागी सुरक्षित जैविक विषादी उत्पादन गर्न सरकारी तथा निजी क्षेतका प्राविधिकहरुलाई प्रशिक्षण प्रदान गर तथा सन् २०१६ मा भित्रिएको गोलभेंडाको पात खन्ने किरा Tuta absoluta सम्बोधन गर्नको लागि नेपाल सरकारसंग समन्वय गरि विभिन्न बालीका आई.पि.एम. बिधिहरु आई.पि.एम. प्याकेजको रुपमा ल्याएको हो।

पृष्ठभूमि:


आई.पी.एम.आई.एल. कार्यक्रम USAID-को आर्थिक सहयोगमा संचालित भर्जिनिया टेक विश्वविद्यालय (Virginia Tech, USA)ले नेतृत्व गरेको संसारभरीका विकासोन्मुख देशहरुमा आई.पी.एम. कार्यक्रम संचालन तथा विस्तारमा बहुबर्षीय लगानीको कार्यक्रम हो । आई.पी.एम.आई.एल. कार्यक्रमले सहयोग गरेका तीन दक्षिण एशियाली देश मा नेपाल पनि एक हो र नेपालमा यो कार्यक्रम आई.डी.ई. नेपाल ले नेतृत्व गरेको छ ।

आई.पी.एम.आई.एल. कार्यक्रमले उच्च मूल्य तरकारी बालीमा रासायनिक विषादीको प्रयोग कम गर्न र ललितपुर, कास्की, रुपन्देही, पाल्पा, बाँके र सुर्खेत जिल्लामा निजी क्षेत्रका सेवा प्रदायकको मार्फत आई.पी.एम. प्रविधिहरूको वितरण तथा प्रचार गरिएको छ। पहिलो चरण (२००६-२००९)मा विविध आई.पी.एम. प्रविधीको विकासका साथै फेरेमोन(Pheromone), माटो सौर्यकरण, प्लास्टिक छाप्रो , जैविक विषादीको परीक्षण र प्रमाणीकरण गरिएको थियो । दोस्रो चरण (२००९-२०१४) मा प्रमुख तरकारी बालीहरु गोलभेंडा, भेन्टा, काउली, काँक्रो, तीते करेला आदि खेतीमा वर्ष भरिको लागि आई.पी.एम. प्रविधिहरूको विकास र परीक्षण गरिएको थियो । USAID नेपालले Feed the Future को अग्रसरतामा आई.पी.एम.आई.एल. नेपालका लागि एक एसोसिएट पुरस्कार स्वरूप अतिरिक्त रकम प्रदान गरेको थियो ।

 
 

IPM प्याकेजहरू:

आई.पि.एम्.आई.एल्. कार्यक्रमले प्रयोगमा ल्याएको आई.पि.एम्. पद्धती र तरिकाहरुलाई बालीको आई.पि.एम्. प्याकेजको रुपमा ल्याएको हो । यी तरिकाहरु अनुसन्धान पश्चात तयार गरिएको हो । तरकारी खेतीबाट हुने खुद नाफा बृद्धिको लागि आई.पि.एम. तरिकाबाट नर्सरी देखि बजार ब्यवस्थापन सम्म हुने बिभिन्न क्रियाकलापहरुको समष्ठिगत रुपलाईनै आई.पि.एम. प्याकेज भनिन्छ । उच्च मुल्य तरकारी बालीहरु (टमाटर, काउली, काक्रा र करेला) मा आई.पि.एम. प्याकेज ल्याईएको छ । यो बिधि अपनाएर खेती गर्दा बिउको छनौट देखी स्वस्थ बिरुवा हुर्काउने, बिरुवाको उचित विकासका प्रविधिहरू, जमिनको तयारी तथा मलखादको प्रयोग, बिरुवा सार्ने, सिंचाइ गर्ने, पुनमलखाद व्यवस्थापन गर्ने, झारपात हटाउने, रोग–कीराको व्यवस्थापन तथा रोगथम गर्ने जस्ता कार्य क्रमीक रुपमा निरन्तर गर्ने गरिन्छ । जुन आर्थिक तथा वातावरणीय ढृष्टिकोणले उपयुक्त हुन्छ ।

सम्पर्क व्यक्ति:
ललित प्रसाद साह, IPM कार्यक्रम संयोजक, iDE नेपाल
lpsah@ideglobal.org

IPM IL Factsheet
एकीकृत शत्रुजीव ब्यबस्थापन रासायनिक विषादीको असर
गोलभेंडा मा आई .पी.एम प्याकेज २०१५ Tomato IPM package in Eng 2015
काउली बर्गको तरकारीहरूको आई .पी.एम प्याकेज २०१५ Cole Crops IPM package in Eng 2015
काँक्रो तथा करेलाको आई .पी.एम प्याकेज २०१५ Cucurbits IPM package in Eng 2015
प्लास्टिक ट्रेमा को-को पिट को प्रयोग गरी स्वस्थ बेर्ना उमार्ने बिधि Seedling growing in plastic tray using Cocpeat in English
गोलभेंडामा कलमी प्रबिधि शिकारी तथा परिजीबी किराहरुको पहिचान र परिचय
ट़ाइकोडरमा तथ्य पृष्ठ २०१५ Trichoderma Factsheet in english 2015
तरकारी बालीमा भाईरस ब्यबस्थापन Virus Management in Vegetable in English

टुटा एब्सोलुटा : गोलभेंडा खेतीमा गम्भीर क्षति गर्ने कीरा


Photos By: Bimala Rai Colavito, iDE Nepal Volunteer