बयस्क टुटा एब्सोलुटा

लार्भा टुटा एब्सोलुटा

 
Tuta Absoluta English Page >>

टटुटा एब्सोलुटा Tuta absoluta: गोलभेंडा खेतीमा गम्भीर क्षति गर्ने कीरा

गोलभेंडाको पात खन्ने कीरा (टुटा एब्सोलुटा) गोलभेंडा खेतीमा गम्भीर आर्थिक क्षति गर्ने अत्यन्त आक्रम्कारी शत्रु कीरा हो । ‌यो कीरा सन् २०१६ मा नेपाल भित्रिएको आँकलन गरिएको छ । हाल यो किरा मुलुकभर फैलिरहेको पाईएको छ । गोलभेंडा नेपालको एक प्रमुख तरकारी बाली भएको कारणले आई.डी.ई. नेपाल तथा अन्य साझेदार संस्थाहरुले यस किराले पुर्याउन सक्ने क्षति बारे प्रचार र यस किराको नियन्त्रणको बिधि विकास गर्न तदारुकताका साथ निरन्तर लागिरहेको छ । यदि यस किराको समयमै व्यवस्थापन नगरेको खण्डमा नेपालको गोलभेंडा खेतीलाई ८०% देखि १००% सम्म क्षति पुग्न सक्छ भने नेपालभरी बर्षेनी रु ५ अर्ब भन्दा बढीको नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । आई.डी.ई. नेपाल र आई.पी. एम.आई.एल. कार्यक्रमले नेपाल सरकार तथा अन्य बिशेसज्ञहरुसंग समन्वय र सहकार्य गरि यस किराको व्यबस्थापनका बिधीहरु विकास गरेको छ ।

परिचय:

२०१६ को मार्च-अप्रिलमा काठमाडौँ, भक्तपुर र काभ्रे जिल्लाका किसानहरुले गोलभेंडामा लाग्ने नयाँ किराको क्षतिका बारे जानकारी आई. पी. एम. आई. एल. तथा अन्य संस्थाबाट एक टोली त्यस ठाँउमा गई नयाँ किराको बारे जानकारी लिई नमूना संकलन गरेको थियो । भारतबाट ल्याइएका टुटा एब्सोलुटा (TLM) lures(PCI) त्यस कीरा प्रभावित क्षेत्रमा राखिएको थियो । मोहनी पासोमा पाईएका किराहरुको संख्या, बाह्य आकृति र क्षतिको आधारमा ती किराहरु टुटा एब्सोलुटा भएको पुष्टी भयो । साथै Virginia Tech, USA मार्फत Arizona State University, USA मा पठाईएको संकलित बयस्क पुतली र लार्भा पनि टुटा एब्सोलुटानै भएको पुष्टी भयो । May 16, 2016 मा नेपाल सरकारको नेपाल कृषि अनुसन्धान केन्द्र (NARC) खुमलटारबाट पनि ती किराहरु टुटा एब्सोलुटा(Tuta absoluta) भएको पुष्टी भयो ।

विस्तार:

हाल काठमाडौँ, भक्तपुर, काभ्रे र ललितपुर जिल्ला Tuta absoluta बाट प्रभावित प्रमुख जिल्लाहरु हुन्। यसबाहेक नेपालका मध्य-पहाडी क्षेत्रहरुमा पनि यो किराले क्षति पुर्याएको पाईएको छ । हालसम्म नेपालका १८ जिल्लाहरुमा यस किराको सङ्क्रमण पाईएको छ । प्रारम्भिक जानकारी अनुसार यस किराले २५% - ३०% सम्म क्षति गरेको छ जस अनुसार प्रत्येक हेक्टरमा करिब रु. ७,२०,००० हुन आउछ । भविष्यमा तराई र मध्य-पहाडी क्षत्रहरुमा यस किराको सङ्क्रमण फैलन सक्ने हुनाले यस किराको उपयुक्त व्यवस्थापन गरि घाटा न्यूनीकरण गर्नु महत्वपूर्ण हुनेछ।

अबको बाटो:

आई.डी.ई. नेपालले टुटा अब्सोलुटा किराको लागि आई.पी.एम. बिधि मार्फत समाधानको विकास र प्रवर्धनका लागि प्रशिक्षण र प्राविधिक सहयोग प्रदान गरिआएको छ । आई.डी.ई. नेपालले यस किराको व्यवस्थापनलाई सम्बोधन गर्न कृषि बिभाग, बालि संरक्षण निर्देसनालय संग समन्वय गरि प्रमाणीकरण तथा प्रदर्शन सञ्चालन र निजीक्षेत्र संग समन्वय गरी आई.पी.एम. सामाग्रीहरूको आपूर्ति सृंखला विकास गरिरहेको छ । नयाँ र खतरनाक कीरा भएकोले यो कीराको शंका लागेमा तुरून्त नजिकको जिल्ला कृषि बिकास कार्यालयमा सम्पर्क गर्नुहुन अनूरोध छ । 

सम्पर्क व्यक्ति:
ललित प्रसाद साह, IPM कार्यक्रम संयोजक, iDE नेपाल
lpsah@ideglobal.org

 

टुटा लाई नियेंत्रण गर्न सफल एक व्यावसायिक किसान ख्याम नारायण पौडेल जसले USAID सहयोगको ENBAITA कार्येक्रमले सहजिरकरण गरेको आपूर्ति श्रृंखलाबाट PCI lures तथा आई.पी.एम. प्रविधि प्राप्त गरी प्रयोग गरेको थियो

 
 

टुटा एब्सोलुटा तथ्य पृष्ठ Update on Tuta Infestation in Nepal As of April 5, 2017.
Presentation: Overview of IPM program and present Tuta situation in Nepal IPM Recommendations for the Management of Tuta absoluta for Nepal
Presentation: An Overview of Tuta absoluta, Identification, Origin, Distribution, Damage and Economic Impact in Nepal Presentation:IPM Recommendations for the Management of Tuta absoluta for Nepal
Tuta Management Tactics for a VDC Not Yet Infected in Nepal. ENBAITA National Partner, Region and CBF Details.
Tuta absoluta Observation Parameter Sample.  

Photos By: Bimala Rai Colavito, iDE Nepal Volunteer